६ असार / अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरिएकोे छ ।
यो सँगै ग्लोबल आइएमई बैंकका शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट म्द्यरकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने छ।
१४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटिएम, ४६ वटा शाखा रहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।
तपाईको प्रतिक्रिया