१६ असार / अर्थ र व्यापार – फेवा विकास बैंकले गण्डकी विकास बैंक गभेर असार २१ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले दुबै बैंक एक आपसमा गाभिएर कारोबार गर्न जेठ २९ गते नै अन्तिम स्वीकृती दिएको थियो ।
उद्योग मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १५ गतेको पत्रबाट गण्डकी विकास बैंक गाभिने अन्तिम दिनसम्मको चल अचल सम्पत्ति तथा दायित्व फेवा विकास बैंकले सकार्न अनुमति दिएको छ ।
गाभ्ने फेवा विकास बैंकको नाम परिवर्तन भएर गण्डकी विकास बैंकको नाममा एकिकृत कारोबार हुने छ ।
बैंक एक अर्कामा गाभिएपछि फेवाको केन्द्रीय कार्यालय रहेको स्थान पोखरा लेखनाथमा गण्डकीको हेडक्वाटर हुने छ । एकिकृत कारोबार प्रयोजनका लागि भन्दै बैंकले असार २० गते सम्पुर्ण कारोबार वन्द हुने छ ।
तपाईको प्रतिक्रिया