५ चैत्र /अर्थ र व्यापार - एक्सेल डेभलपमेन्ट बैंकले दुई ओटा शाखाको औपचारीक विस्तार गरेको छ । झापाको कचनकवल गाँउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित चोकमा रहेको शाखा गरी दुई ओटै शाखाको उद्घाटन गरिएको हो ।
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको बैंकले अरुपनि शाखा विस्तारको लक्ष्य राखेको छ, आज मंगलबार नै अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन गरिदै छ भने आउदो विहिबार विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । त्यसैगरी बैक निकट भविष्यमै पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि पुग्ने भएको छ । ६९ करोड २६ लाख ७४ हजार चुक्ता पूँजी रहेको बैंकको कर्जा ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप ६ अर्व २५ करोड पुगेको छ ।
तपाईको प्रतिक्रिया