logo

कुमारी बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन

    1233   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - कुमारी बैंकको ऋणपत्र (डिबेन्चर)मा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४०प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ(संस्थालाई बिक्री गरिसकेको छ ।

कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।

बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याजभुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावाँ १० वर्षपछि अर्थात २०८६ सालमा एकमुष्ट फिर्ता हुने बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।