२९ भदौ / अर्थ र व्यापार – चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले आउँदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर बिक्री गर्दे छ ।
हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्ने छ । अब बैंकको पुँजी संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।
तपाईको प्रतिक्रिया