१५ असार / अर्थ र व्यापार – केही समयदेखि बन्द भएको एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कम्पनीको २० प्रतिशत बोनस सेयर पछि समायोजन भएको २४४२ रुपैयाँबाट सेयर खुला भएको छ ।
धितोपत्र बोर्डको आवेदन अनुसार यस कम्पनीको सेयर कारोबार खुला गरेको हो । यसअघि गोप्य सुचना चुहाएर सेयरको मूल्य बढाएकोले कम्पनीको सेयर कारोबार बन्द गरिएको थियो । कम्पनीको गत असार ६ गतेदेखि नै सेयर कारोबार बन्द भएको थियो ।
तपाईको प्रतिक्रिया