२५ असार / अर्थ र व्यापार – एभरेष्ट इन्स्योरेन्सको साधारण सभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ । शुक्रबार सम्पन्न १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ सभाले उक्त लाभांश पारित गरेको हो ।
बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । उक्त पूँजीमा एक अनुपात छ को दरमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि पारित सभाले पारित गरेको छ ।
त्यस अनुरुप अब कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ हाराहारी पुग्नेछ । त्यसमा थप बोनस शेयर दिएर एक बर्ष भित्र बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने कम्पनीको लक्ष्य छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा हालै कमल गौतमलाई नियुक्त गरेको थियो ।
तपाईको प्रतिक्रिया