logo

सूचना चुहाएको आशंकामा एभरेष्ट इन्स्योरेन्सको रोकियो सेयर कारोबार

    1592   पटक पढिएको

६ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि कारोबार बन्द भएको हो । मंगलबार बोर्डको पत्र पाए पछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको छ । छानबिन नटुगिंदासम्म सेयर कारोबार खुल्ने देखिन्न ।

केही दिन अघि पाँच वटा आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र छ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको हो ।

बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो । इन्स्योरेन्सले शुक्रबार साधारण सभाको प्रस्ताव सार्वजनिक गरेकोमा बुधबार नै उसको सेयर मूल्य २४५८ रुपैंयाबाट बढेर २५८० रुपैंया पुगेको थियो । बिहीबार पनि एभरेष्टको सेयरमूल्य निरन्तर माथि चढेर २६४५ रुपैंया पुगेको थियो । सूचना चुहावटकै कारण एभरेष्ट इन्स्योरेन्सका सेयर बिक्रेता नआउँदा खरिदकर्ताको उच्च चाप देखिएको थियो ।

शुक्रबार सूचना सार्वजनिक भए पछि आइतबार पनि सर्किट लागेर उसको सेयर मूल्य २६४५ रुपैंयाबाट बढेर २९०९ रुपैंया पुगेको थियो । सोमबार पनि बढेर ३१९९ रुपैंयासम्म पुगेको सेयर मूल्य अन्तिम पटक तल झरेर २९३० रुपैंयामा किनबेच भएको थियो । अत्यधिक माग देखिए पछि पहिले सस्तोमा सेयर किनेकाहरुले धमाधम सेयर बेच्दा सोमबार ठुलो संख्यामा सेयर किनबेच भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।