logo

नेप्सेमा एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

    1000   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य नेपाल स्टक एकसचेञ्जमा बैशाख ९ गते सोमबार समायोजन भएको छ । एभरेष्ट हकप्रद र नाडेपको बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता ३२२ रुपैयाँ ५० पैसामा शेयरमूल्य समायोजन गरिएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा इन्स्योरेन्सको औसत आधारमूल्य ८३७ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

यसैगरि सोमबार नै नाडेप लघुवित्तको १५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस पश्चात नाडेपको प्रतिकित्ता ५३२ रुपैयाँ १७ पैसामा शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा लघुवित्तको औसत आधारमूल्य ४७२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

दुबै कम्पनीको सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुला भएको छ । समायोजन पश्चात नाडेपको शेयरमूल्य बढेको छ भने इन्स्योरेन्सको कारोबार भएको छैन । यद्यपी समायोजि मूल्यभन्दा माथिल्लो दरमा किन्न अर्डरमार्केट डेप्थमा देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।