logo

नेप्सेमा एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

    1125   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य नेपाल स्टक एकसचेञ्जमा बैशाख ९ गते सोमबार समायोजन भएको छ । एभरेष्ट हकप्रद र नाडेपको बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता ३२२ रुपैयाँ ५० पैसामा शेयरमूल्य समायोजन गरिएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा इन्स्योरेन्सको औसत आधारमूल्य ८३७ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

यसैगरि सोमबार नै नाडेप लघुवित्तको १५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस पश्चात नाडेपको प्रतिकित्ता ५३२ रुपैयाँ १७ पैसामा शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा लघुवित्तको औसत आधारमूल्य ४७२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

दुबै कम्पनीको सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुला भएको छ । समायोजन पश्चात नाडेपको शेयरमूल्य बढेको छ भने इन्स्योरेन्सको कारोबार भएको छैन । यद्यपी समायोजि मूल्यभन्दा माथिल्लो दरमा किन्न अर्डरमार्केट डेप्थमा देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।