logo

एभरेष्ट इन्स्योरेन्सद्वारा १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन

    1068   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क तथा दाबी भुक्तानीको आकारले यस्तो देखिएको हो । इन्स्योरेन्सको कमाईमा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तमा ६ करोड ३९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले यस पटक १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन झण्डै २०० प्रतिशतले बढेको हो ।

बीमा शुल्क आर्जनको आकारसँगै इन्स्योरेन्सको बीमा दाबी भुक्तानीको आँकडा पनि फराकिलो अन्तरले बढेको देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ७० लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड २३ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । बीमा शुल्क आर्जनसँगै दाबी भुक्तानीको आकारमा आएको बढोत्तरीले इन्स्योरेन्सको आम्दानी वृद्धिको अनुपात भने केही सुस्त बनेको छ । यसका साथै पुनरबीमा कमिशन खर्च, सेवा शुल्क व्यवस्थापन खर्च तथा यस अघिको असमाप्त जोखिम वापतको व्यवस्था शिर्षकमा धेरै खर्च हुँदा आम्दानी वृद्धि सामान्य देखिएको हो ।

उल्लेखित शिर्षकहरुका कारण इन्स्योरेन्सको ३९ करोड ३१ लाख ४१ हजार पैंयाको आम्दानीबाट ३६ करोड ४७ लाख ३४ हजार रुपैंया खर्च समायोजन हुँदा २ करोड ८४ लाख ७ हजार रुपैंया मात्र नोफा नोक्सान हिसावमा सारिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड २६ लाख ८६ हजार रुपैंया रकम नाफा नोक्सान हिसावमा सारिएको थियो । लगानी तथा कर्जाबाट हुने १ करोड ८१ लाख रुपैंयाको आयलाई यस पटकको नाफा नोक्सान हिसावमा सारिएको रकममा थप गरी इन्स्योरेन्सले ४ करोड ६५ लाख १० हजार रुपैंया आम्दानी गर्दा ब्यवस्थापन खर्च र आयकर समायोजनमा २ करोड १३ लाख रुपैंया खर्च गरेको छ ।

उल्लेखित सबै शिर्षक समायोजन गर्दा इन्स्योरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ३७ लाख रुपैंया खुद नाफा कमाएको थियो । १३ करोड ३६ लाख ५० हजार रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १४ करोड रुपैंयाको संस्थापक हकप्रद बिक्री गरेर पूँजी बढाउँदैछ । प्रतिशेयर आम्दानी १८ रुपैंया ८३ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.४१ गूणाले बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।