१९ असार / अर्थ र व्यापार - एभरेस्ट बैंकले नेपाल मेडिसिटी हस्पिटलसँग ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको भैंसीपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरूबाट समग्र रोगहरूको उपचार गरिन्छ ।
नेपाल मेडिसिटी दक्षिण एसियाकै स्वास्थ्य सेवा गन्तव्यका रूपमा विकसित भएको भन्दै बैकले बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूअनुसार ग्राहकहरूले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडी परामर्श तथा प्याकेजहरू बाहेक अन्य सेवा–सुविधाहरूमा ७ प्रतिशत छुट पाउन सक्ने जनाएको छ । यस साझेदारीअनुसार एभरेस्ट बैंकका ग्राहकहरूले भिसा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरूको लाभ लिन सक्ने पनि बैंकको भनाइ छ ।
तपाईको प्रतिक्रिया