logo

एभरेष्ट बैंकको नाफा डेढ अर्ब, कर्जा र निक्षेप दुबै बढ्यो

    1636   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार - एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ८ करोड रुपैयाँ नाफा बढाएको छ । एभरेष्टमा सर्वसाधारणको निक्षेप १ खर्ब ४१ अर्ब १९ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब २९ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ थियो । बैंकमा निक्षेप ११ अर्ब ६२ करोड रुपैयाँले बढेको हो ।

यस्तै, कर्जा तथा लगानी १ खर्ब १४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ छ । गत वर्ष कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ थियो । एक वर्षको बीचमा बैंकको कर्जा तथा लगानी ९ अर्ब ६८ करोड रुपैयााले बढेको छ ।

बैंकको रिजर्भमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ छ । व्याज आम्दानी ७ अर्ब १७ करोड २० लाख रुपैयाँ छ भने व्याज खर्च ४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ छ । बैंकले खुद व्याज आम्दानी २ अर्ब ९० करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ६७ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

एभरेष्टको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । गत वर्षको पुसमा ०.१९ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले ७०७ प्रतिशत रकम राखेको छ ।

बैंकको कष्ट अफ फण्ड ६.४४ प्रतिशत छ । गत वर्ष ६.२३ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ । आधार दर ८.४६ प्रतिशत छ । ग वर्ष आधार दर ८.२२ प्रतिशत थियो । बैंकले व्याज दर बढाएको छ । गत वर्ष ४.३८ प्रतिशत रहेको व्याज अन्तर यो वर्ष ५.३३ प्रतिशत पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।