logo

एभरेष्ट बैंकले शेयरधनीलाई २५% लाभांस दिने, पुस २३ का लागि डाक्यो साधारणसभा

    976   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  शेयरधनीलाई सञ्चालक समितिको २५ प्रतिशत लाभांस दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एभरेष्ट बैंकले वार्षिक साधारणसभाको मिति टुंगो गरेको छ । बैंकले आगामी पुस २३ गते २५ औं वार्षिक साधारणसभा बोलाएको हो। 

सञ्चालक समिति बैठकले यसअघि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर र २० प्रतिशतका दरले नगद लाभांस घोषणा गरेको थियो। उक्त लाभांस सधारणसभाबाट पारित भएपछि शेयरधनीहरूले प्राप्त गर्न सक्ने छन्। बैंकको ७ प्रतिशत अग्राधिकार शेयर शेयर पुँजीमा परिवर्तन भए पश्चात पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियामावली संशोधनका लागि साधारणसभामा पेश गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ। पुस ३ सम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन्। प्रस्तावित बोनस शेयर र नगद लाभांस सिधै डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने भएको उक्त खाता नहुने शेयरधनीहरूलाई अनिवार्य खाता खोल्न बैंकले सूचित गरेको छ। 

बैंकले गत वर्षको भन्दा ५ प्रतिशतले लाभांस बढाएको हो। गत वर्ष २० प्रतिशतमात्रै नगद लाभांस दिएकोमा यो वर्ष थप ५ प्रतिशत बोनस शेयर दिएको हो। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ५ सय ५६ रूपैयाँ छ। एक वर्षको अवधिमा अधिकतम ७ सय ७ रूपैयाँ र न्युनतम ५ सय १ रूपैयाँमा खरिद-बिक्री भएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।