logo

एभरेष्ट बैंकद्वारा दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन

    947   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - एभरेष्ट बैंकले चालु आर्थिक बर्षको चैतसम्म १८.३७ प्रतिशतले नाफा बढाएको छ । बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । गत बर्ष बैंकले एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ । बैंकको व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ । बैंकले चैतसम्ममा ४ अर्ब १० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । 

निक्षेप संकलनको तुलनामा ऋणको विस्तार अधिक देखिन्छ । बैंकले १६.४६ प्रतिशतले निक्षेप बढाउँदा ऋण लगानी २५ प्रतिशतले बढाएको छ  । नेपाल राष्ट्र बैंकले अन्तर बैंक कर्जा प्रवाहलाई सिसिडिमा गणना गर्न पाइने व्यवस्था गरेसँगै बैंकको कर्जा प्रवाह एक खर्ब ८ अर्ब रुपैयाँको गरेको छ । सिसिडी प्रयोजनका लागि ६ अर्ब ६४ करोड रुपैयाँ अन्तर बैंकिङ लगानी गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको तुलनामा भने बैंकको निक्षेप तथा कर्जा प्रवाहमा खासै सुधार देखिँदैन । निक्षेप संकलनमा नगन्य सुधार भएको छ भने ऋण लगानी तीन अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ । 

पूँजीकोष अनुपात १५.७० प्रतिशतबाट १३.३८ प्रतिशतमा खुम्चिएको छ । खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.१८ प्रतिशतमा झरेको छ । प्रति शेयर आम्दानी ५.३८ रुपैयाँले सुधार भएको छ । बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।