१९ चैत्र /अर्थ र व्यापार - एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०७६ सालको क्यालेन्डर बिमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको उक्त क्यालेन्डर बिमोचनको कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ । बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तराष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको बैंकले जनाइएको छ ।
तपाईको प्रतिक्रिया