१८ असार / अर्थ र व्यापार – एभरेष्ट बैंकले आजदेखि तीन शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रति साधारण शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाखट ८८ हजार ८७ कित्ता हकप्रदबाट बिक्री गर्न लागेको छ ।
असार ६ गतेसम्म कायम भएका बैंकका शेयरधनीले साउन २२ गतेसम्म हकप्रद आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयरको आवेदन एनआइविएल क्यापिटल मार्केट तथा एभरेष्ट बैंकको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने छ ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । हकप्रदको निष्कासनपछि बैंकको चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया