१ असार / अर्थ र व्यापार - पुँजी बृद्धि गर्न एकैपटक डेढ अर्ब रुपैयाँ बराबरको डेढ करोड कित्ता हकप्रद सेयरको एभरेष्ट बैंक लिमिटेडले निष्कासन गरेको छ । यो बैैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । बैैंकले ३ कित्ता हुनेले १ कित्ता (३ः१) को अनुपातमा लिन पाउने गरी हकप्रद निष्कासन गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड रूपैयाँ छ । १ अर्ब ५० करोड रुपैयाँ थप गर्ने यो हकप्रद निष्कासन गरेको यसको सेयर यही असार ६ गतेसम्म कारोबार भएका सेयरधनीले खरिद गर्न पाउने भएका छन् । यो बैैैंकको हकप्रद यही असार १८ गतेबाट साउन २२ गतेसम्म आवेदन दिन पाइन्छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया