३० बैशाख /अर्थ र व्यापार - एभरेष्ट बैंकद्वारा घर कर्जाको नयाँ स्किम सार्वजनिक भएको छ । ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित बैंकले यस्तो स्किम ल्याएको हो ।
मासिक किस्ता ९ हजार ५९९ रुपैयाँ बुझाउनुपर्ने बैंकले जनाएको छ । यो स्किममा ऋण लिनेलाई सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण उपलब्ध गराइने छ ।
बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया