logo

एभरेष्ट बैंकद्वारा होमलोनको स्कीम सार्वजनिक

    2441   पटक पढिएको

२५ बैशाख /अर्थ र व्यापार - एभरेष्ट बैंकले होमलोनको स्कीम सार्वजनिक गरेको छ । बैंकले मासिक ९ हजार ५९९ इएमआईमा १० लाखसम्म ऋण दिने,यस्तै मासिक १९ लाख १९९ रुपैयाँ मासिक इएमआईमा २० लाख र मासिक ३८ हजार ९९८ मा ४० लाखसम्म ऋण दिने योजना ल्याएको छ ।
चैत मसान्तसम्मको विवरण अनुसार एभरेष्टको कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) ७६.६९ प्रतिशत रहेको छ । एभरेष्ट बैंकसँग चैत मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ छ । यस्तै कर्जा १ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

बैशाखको अन्तिम साता घरकर्जामा नै आक्रामक ढंगले ऋण दिने योजना एभरेष्टले ल्याएको हो । एभरेष्टको बेसरेट ८.०१ प्रतिशत छ । यो भनेको अन्य बैंकको भन्दा सस्तो नै ब्याजदरमा ऋण लिन सक्ने बिकल्प हो । यसमा बैंकले कर्जाको अवधी जोडेर ब्याजदर निर्धारण गर्छ । सिंहदरबारमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खुलेको छ । वाणिज्य बैंकले शाखा संचालन गरेसँगै सिंहदरबार भित्र सरकारी कर्मचारी,सांसद् सचिवालयका कर्मचारी तथा सांसद्हरुको तलब अब वाणिज्य बैंकमा जाने छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले पूर्ण सरकारी लगानीको वाणिज्य बैंकमा तलब नदिएर भारतीय लगानी रहेको एभरेष्ट बैंकमा तलब हालेको भन्दै आपत्ति जनाएका थिए । सिंहदरबारमा सरकारी कर्मचारीको तलब व्यवस्थापन गर्न नपाउदा बैंकलाई २ अर्ब रुपैयाँको निक्षेप घट्न सक्छ । एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व भारतीय सरकारको लगानी रहेको पंजाव नेशनल बैंकको रहेको छ । यद्यपी नेपाली कानून अनुसार यहा दर्ता भएको कम्पनी नेपाली नै हुन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।