logo

एभरेष्ट बैंकद्वारा होमलोनको स्कीम सार्वजनिक

    2172   पटक पढिएको

२५ बैशाख /अर्थ र व्यापार - एभरेष्ट बैंकले होमलोनको स्कीम सार्वजनिक गरेको छ । बैंकले मासिक ९ हजार ५९९ इएमआईमा १० लाखसम्म ऋण दिने,यस्तै मासिक १९ लाख १९९ रुपैयाँ मासिक इएमआईमा २० लाख र मासिक ३८ हजार ९९८ मा ४० लाखसम्म ऋण दिने योजना ल्याएको छ ।
चैत मसान्तसम्मको विवरण अनुसार एभरेष्टको कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) ७६.६९ प्रतिशत रहेको छ । एभरेष्ट बैंकसँग चैत मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ छ । यस्तै कर्जा १ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

बैशाखको अन्तिम साता घरकर्जामा नै आक्रामक ढंगले ऋण दिने योजना एभरेष्टले ल्याएको हो । एभरेष्टको बेसरेट ८.०१ प्रतिशत छ । यो भनेको अन्य बैंकको भन्दा सस्तो नै ब्याजदरमा ऋण लिन सक्ने बिकल्प हो । यसमा बैंकले कर्जाको अवधी जोडेर ब्याजदर निर्धारण गर्छ । सिंहदरबारमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खुलेको छ । वाणिज्य बैंकले शाखा संचालन गरेसँगै सिंहदरबार भित्र सरकारी कर्मचारी,सांसद् सचिवालयका कर्मचारी तथा सांसद्हरुको तलब अब वाणिज्य बैंकमा जाने छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले पूर्ण सरकारी लगानीको वाणिज्य बैंकमा तलब नदिएर भारतीय लगानी रहेको एभरेष्ट बैंकमा तलब हालेको भन्दै आपत्ति जनाएका थिए । सिंहदरबारमा सरकारी कर्मचारीको तलब व्यवस्थापन गर्न नपाउदा बैंकलाई २ अर्ब रुपैयाँको निक्षेप घट्न सक्छ । एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व भारतीय सरकारको लगानी रहेको पंजाव नेशनल बैंकको रहेको छ । यद्यपी नेपाली कानून अनुसार यहा दर्ता भएको कम्पनी नेपाली नै हुन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।