logo

एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड

    1290   पटक पढिएको

२ भदौ / अर्थ र व्यापार – एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ मात्र खुदनाफा गरेको थियो । 

शुक्रबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा सामान्य विस्तार भएको हो । गत आवमा बैंकले ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको निक्षेप ९३ अर्ब ७३ करोड ५४ लाख रुपैयाँ थियो । गत आवमा २ अर्ब रुपैयाँ भन्दा कम निक्षेप बढाएको छ ।

यस्तै समीक्षा अवधिमा बैंकले ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको कर्जा लगानी ६८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकले करिब १० अर्ब रुपैयाँ कर्जा लगानी बढाएको छ । बैंकको चुक्तापुँजी ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । संचित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ छ ।

बैंकको खराब कर्जा अनुपात बढेर ०.५१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो कर्जा ०.३८ प्रतिशत मात्र थियो । बैंकको निक्षेप लागत ४.८, स्प्रेड ४.४ र सीडी रेसियो ७६.९४ प्रतिशत रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।