logo

सिंहदरबारभित्रको एभरेष्ट बैंकको शाखालाई स्थानान्तरण गरी बाहिर ल्याउने तयारी

    1399   पटक पढिएको

११ चैत्र /अर्थ र व्यापार -  गोप्य सूचना मुलुक बाहिर जाने सम्भावना भएको भन्दै संसदभित्र र बाहिरसमेत चर्चा र बहस हुन थालेपछि एभरेष्ट बैंकको सिंहदरबारभित्रको शाखालाई स्थानान्तरण गरी बाहिर ल्याउने र राष्टिय वाणिज्य बैंकको सिंहदरबार बाहिर भएको शाखालाई भित्र लैजाने तयारी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखालाई सिंहदरबारभित्र लैजाने र त्यही ठाउँ वा त्यही क्षेत्र (लोकेसन) सिंहदरबारभित्र भएको एभरेष्ट बैंकलाई ल्याउने तयारी भएको छ । एभरेष्ट बैंकको सिंहदरबारभित्रको शाखालाई लिएर पटक–पटक संसदभित्र र बाहिर आवाज उठ्न थालेपछि बैंक विवादमा आउने र उसको विश्वासनियतामा आँच आउने भएकाले पनि यसो गर्न लागिएको हो ।
एभरेष्ट बैंकलाई शाखा स्थानान्तरणको प्रस्ताव मौखिक रुपमा राख्ने तयारीमा नेपाल राष्ट्र बैंक उच्च अधिकारी पुगेका छन् । पहिलो चरणमा मौखिक रूपमा एभरेष्ट बैंकका सञ्चालकलाई सिंहदरबारभित्र भएको शाखालाई बाहिर ल्याउनका लागि सम्झाउने तयारी भइरहेको राष्ट्र बैंक उच्च स्रोतको भनाइ छ ।

यदी उक्त प्रस्ताव एभरेष्ट बैंकले मानेन भने अर्को उपाय अपनाउने तयारी पनि भइरहेको छ । एभरेष्ट बैंकले शाखा स्थानान्तरणको प्रस्ताव मानेन भने पनि राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार लैजाने लगभग निश्चित भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । एभरेष्ट बैंकको प्रतिस्पर्धीको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउँदै छ । त्यसपछि एभरेष्ट बैंकले गर्दै आएको काम राष्ट्रिय वाणिज्य बैंकलाई दिने र एभरेष्ट बैंक काम विहीन भएपछि स्वतः शाखा सार्न बाध्य हुने रणनीति अर्थ मन्त्रालय र राष्ट्र बैंकले बनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि गत फागुन २९ गते संसदमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार ल्याउने तयारी भइरहेको बताएका थिए । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारी लगानीका बैंकहरुलाई सिंहदरबारमा प्रवेश रोक लगाएर विदेशी लगानीको बैंकलाई सरकारले प्रोत्साहन गरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पूर्वाधार नभएकाले सरकारी बैंक आउन नसकेको र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई ल्याउने तयारी भइरहेको बताएका थिए । अर्थमन्त्रीको सोही भनाइ अनुसार राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउने काम अघि बढेको अर्थ मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

नेपालका भीभीआईपी र भीआईपीको आर्थिक कारोबारका नाममा गोप्य सूचना विदेशमा समेत पुग्ने भएको भन्दै चिन्ता व्यक्त थालिएपछि सरकारले यस्तो कदम चाल्न बाध्य हुनु परेको हो । अहिले सिंहदरबारभित्र एभरेष्ट बैंकले मात्रै सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट बैंक भारतीय पञ्जाब नेसनल बैंकको लगानीमा स्थापना भएको हो । उक्त बैंकमा पञ्जाब नेसनल बैंकको २० प्रतिशत शेयर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।