१४ चैत्र /अर्थ र व्यापार - एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ । एक सयको संख्यामा बेडहरु भएको कलंकी स्थित नेपाल नेशनल हस्पिटलसँग बैंकले सम्झौता गरेको हो ।
एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया