logo

मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा रहेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको भनाई

    1196   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैंकिङ्ग क्षेत्रलाई सहज बनाएको बताएका छन् । बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स अफ नेपालले आइतबार आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उनले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैंकिङ्ग क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुने बताए ।

मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा रहेको उनको भनाइ थियो । नेपाल बैङ्कर्स एशोसियशनका प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले डिजिटल प्रविधिको विकाससँगै चुनौती थपिएकाले बैङ्किङ क्षेत्रलाई सहज हुन आग्रह गरे । प्रविधिका बारेमा बैंकिङ्ग क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई ज्ञान नहुनु आजको सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए ।

सो अवसरमा नेपाल तथा भारतका विभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले डिजिटल माध्यमबाट मानवीय क्षेत्रमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनका बारेमा छलफल गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।