६ पुस/ अर्थ र व्यापार - अमेरिकी डलरको भाउमा तीब्र गिरावट देखिन थालेको छ । चार दिनअघि ११५ रुपैयाँ ३४ पैसा पुगेको डलरको भाउ शुक्रबारसम्म १११ रुपैयाँ ८३ पैसामा झरेको छ ।
भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजिनामा गरेपछि डलर महँगिन थालेको थियो । सरकारले तत्कालै नयाँ गभर्नर नियुक्त गरेपछि फेरि डलरको भाउ कमजोर भएको हो ।
भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर भएका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँको भाउ पनि झर्ने बढ्ने हुन्छ । त्यही भएर अहिले भारु बलियो हुँदा नेपाली रुपैयाँको भाउ पनि बढ्न थालेको हो । बिहीबार ११२ रुपैयाँ ९५ पैसा रहेको डलरको भाउ एकै दिन एक रुपैयाँ १२ पैसाले झरेको छ ।
तपाईको प्रतिक्रिया