२७ कात्तिक / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
वाणिज्य बैंकहरु यसअघि राम्रो लाभांश वितरण गर्दै आएको बैंकको गत आर्थिक वर्षमा मुनाफा र वितरणयोग्य नाफा ह्वात्तै घटेसँग सञ्चालक समितिले लाभांशदर समेत २१ प्रतिशतले घटाएर प्रस्ताव गरेको हो।
गत आर्थिक वर्षमा बैंकको मुनाफा साढे ६ प्रतिशतले घटेर तीन अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको थियो भने बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ३९ करोड मात्र रहेको थियो। बैंकको निस्क्रिय कर्जा अनुपातमा धेरै बढोत्तरी भएकाले कमाएको नाफा कर्जा जोखिम ब्यवस्थापन कोषमा राख्नुपर्दा खुद नाफाकामा असर परेको हो।
हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत आवको मुनाफा र सञ्चित जगेडा कोषबाट दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ ।
तपाईको प्रतिक्रिया