logo

डिप्रोक्स लघुवित्तको खुद नाफामा ६१.८० प्रतिशतले बृद्धि 

    1100   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चालु आवको तेस्रो त्रैमाससम्म खुद नाफा ६१.८० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले २८ करोड ७२ लाख नाफा कमाएको हो ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत १५ रुपैयाँ ८५ पैसा बढेर वार्षिक ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको लघुवित्त खुद ब्याज आम्दानी २८.३९ र र सञ्चालन नाफा ६८.२९ प्रतिशले बढेको छ । लघुवित्तले ५८ करोड ४० लाख ब्याज आम्दानी र ३८ करोड ७३ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत आवको चैतमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ४८ लाख रुपैयाँ र सञ्चालन नाफा २३ करोड एक लाख थियो । चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ अर्ब ३४ करोड ३१ लाख निक्षेप संकलन तथा ६ अर्ब ६ करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर गरी १० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

गत वर्षकोे नाफाबाट दश प्रतिशत बोनस वितरण गरेको रहेको डिप्रोक्सको चुक्ता पूँजी ७७ करोड ३४ लाख र जगेडा कोषको आकार ४० प्रतिशतले सुधार गर्दै ६४ करोड २८ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ११ पैसा र खराब कर्जा अनुपात ०.८८ प्रतिशत छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।