logo

सरकारले २४ अर्ब ५३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने

    1321   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार- सरकारका लागि राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत १६ अर्ब ५३ करोड र विकास ऋणपत्र मार्फत ८ अर्ब रुपैयाँ उठाउन लागेको छ । यसरी एकै दिन २४ अर्ब ५३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

राष्ट्र बैंकले १६ अर्ब ५३ करोड ट्रेजरी बिलमध्ये १२ अर्ब नयाँ उठाउन लागेको हो । बाँकी नवीकरण हो । राष्ट्र बैंकले उठाउन लागेको नयाँ ट्रेजरी बिलमध्ये ९१ दिने ३ अर्ब, १८२ दिने ४ अर्ब र ३६४ दिने ५ अर्ब रुपैयाँको छ । नवीकरण गर्नेमध्ये ९१ दिने २ अर्ब ५३ करोड र १८२ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल छ ।

राष्ट्र बैंकले सात बर्ष अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो । चालु बर्ष १५ बर्ष अवधिसम्मको विकास ऋणपत्र जारी गर्ने योजना छ । कुल ५० अर्बको विकास ऋणपत्र जारी हुने छ । सरकारले आगामी १५ दिनभित्र बैंकिङ प्रणालीबाट ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । सरकारले कुल १ खर्ब ७२ अर्ब आन्तरिक ऋण उठाउने योजना बनाएको थियो । तर ८६ अर्ब रुपैयाँ मात्र उठाउने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।