२६ भदौ / अर्थ र व्यापार – नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र कुमार ढुंगानाले निरन्तरता पाएका छन् । बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । ढुंगानाको नयाँ कार्यकाल पनि ४ वर्षको हुनेछ ।
बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । बैंकको लाभांश प्रस्ताव २४ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।
तपाईको प्रतिक्रिया