logo

विकास बैंकहरु पनि व्याजदर घटाउने अभियानमा , ७ प्रतिशतलाई नै निरन्तरता दिने संकेत 

    1028   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - वाणिज्य बैंक तथा वित्त कम्पनीहरुले निक्षेपको व्याजदरमा छाता संगठनमा सहमति गर्दै व्याजदर घटाए पछि विकास बैंकहरु पनि व्याजदर घटाउने अभियानमा लागेका छन् । यसका लागि शुक्रबार दिउँसो २ बजेका लागि डेभलपमेण्ट बैंकर्स संघको बैठक बोलाइएको छ ।

वाणिज्य बैंकहरुले आइतबारसम्ममा व्याजदर नघटाए आफुहरुले व्याज बढाउने चेतावनी राष्ट्र बैंकलाई दिएका विकास बैंकहरु वाणिज्य बैंकले व्याजदरमा नयाँ सहमति गरे पछि व्याजदर घटाउन जुटेका हुन् ।

दरबारमार्गमा बोलाइएको छलफलमा व्याजदरका विषयमा छलफल हुने एशोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले बताए । एशोसिएसनका एक सदस्यका अनुसार अधिकतम ९.७५ प्रतिशतमा सहमति जुट्ने सम्भावना छ । यद्यपी धेरै विकास बैंकहरु १० प्रतिशतमा मुद्धती निक्षेप लिने योजनामा छन् । यस आधारमा विकास बैंकहरुले ९.७५ वा १० प्रतिशतमा सहमति जुटाउन सक्छन् ।
साधारण बचतमा भने फाइनान्स कम्पनीको सरह विकास बैंकहरुले यस अघिको ७ प्रतिशतलाई नै निरन्तरता दिने बुझिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।