logo

विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदरमा संयमता अपनाउने निर्णय

    1391   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार - बाणिज्य बैंकहरुले मनपरी ब्याज बृद्धि गरे पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले भने संयमता अपनाउने निर्णय गरेका छन् । बैंकहरुले १३ प्रतिशतसम्म ब्याज दिने सुचना प्रकाशित गरिरहँदा विकास बैंक र फाइनान्स कम्पनीहरुले संयमता अपनाउने निर्णय गरेका हुन् । 

फाइनान्स कम्पनी एसोसिएसनले निक्षेपको ब्याज दर १२ प्रतिशतमै कायम राख्ने निर्णय गरिसकेका छन् । विकास बैंकहरुले पनि १२ प्रतिशतभन्दा ब्याज माथि नलैजाने अनौपचारिक सहमति बनाएका छन् ।

सबैभन्दा पहिले ब्याज दर बढाएको जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले ‘जनता बैंक वित्तीय स्थायित्व का लागि दृढ संकल्पित छ र एकल अंकको ब्याज दरको पक्षमा छ’ भनेर फेसबुक स्टाटस लेखेका थिए । विकास बैंक संघका कार्यवाहक अध्यक्ष गोबिन्द ढकालले १२ प्रतिशतभन्दा बढि ब्याज दिनु हुँदैन भन्ने नै अनौपचारिक सहमति भएको बताए। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।