२३ कात्तिक /अर्थ र व्यापार - कैलाली–युनियन फाईनान्स, साझा र देव: विकास बैंक मर्ज गरि देव: विकास बैंक लिमिटेडबाट एकिकृत कारोबार शुरु भएको छ । बिहीबार धनगढीमा देव: विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिएको हो ।
देव: विकास बैंकको एकिकृत कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैंकहरुलाई मर्जर गरि देश र जनताको सेवामा सम्रपित गराउन राष्ट्र बैंकको योजना रहेको बताए ।
एकिकृत कारोबार सञ्चालन गरेको उपलक्ष्यमा देव: विकास बैंकलाई शुभकामना दिंदै पौडेलले अब बैंकहरुले जनताको जिवन स्तर उकास्न निजी क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
यस अघि साझा विकास बैंकका सञ्चालक दिनेशराज भण्डारी, भिमबहादुर बोहोरा, झपड साउद, सञ्चालक समिति अध्यक्ष फकिरसिंह कठायत रहेका थिए । अब संस्थाको नाम देव: विकास बैंक रहेको तथा सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसमेत देव: विकास बैंककै रहेको जनाईएको छ ।
तपाईको प्रतिक्रिया