logo

देवः विकास बैंकको खराब कर्जा अनुपातमा सुधार आएपनि धेरै सूचाङ्कमा गिरावट 

    983   पटक पढिएको

६ माघ /अर्थ र व्यापार   - देवः विकास बैंक (DBBL) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सहित सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ लगायतका धेरै सूचाङ्कमा गिरावट देखिएको छ । यद्यपी बैंकले निक्षेप, कर्जा र खुद व्याज आम्दानीमा भने सुधार गरेको छ ।

गत आवको दोस्रो त्रैमासमा १४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १३ करोड २९ लाखमा खुम्चिएको छ । नाफा घटेर यस्तै ४४ प्रतिशतको चुक्ता पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा पर्दा १७ रुपैयाँ २३ पैसा रहेको बैंकको इपिएस १० रुपैयाँ ५० पैसामा झरेको छ । 

बैंकको सञ्चालन नाफा २२ करोड १० लाखबाट २० करोड ८६ लाख र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसाबाट १२४ रुपैयाँ २३ पैसा कायम भएको छ । बैंकको नाफा घट्ने प्रमुख कारक कर्मचारी खर्च र खराब कर्जा नोक्सानी व्यवस्था देखिएको छ । गत आवमा ५ करोड ९७ लाख रहेको कर्मचारी खर्च ९ करोड ८४ लाख र २ करोड ७५ लाखको नोक्सानी व्यवस्था रकम बढेर ५ करोड १२ लाख पूग्दा नाफा संकुचित बनेको हो । 

गत आवको यसै अवधिको तुलनामा बैंकले पुस मसान्तसम्ममा २६. ६८ प्रतिशतले निक्षेप बढाएर १७ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानीतर्फ ३२.०२ प्रतिशत वृद्धि भई १५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ३१ करोड ३४ लाखबाट बढेर ३६ करोड ७३ लाख आर्जन भएको छ ।

बैंकको खराब कर्जा अनुपातमा भने सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा २. ५६ प्रतिशत रहेको खराब कर्जा अनुपात २.१७ प्रतिशतमा झरेको छ । चुक्ता पूँजी २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६१ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष एक करोड ३० लाखले बढेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।