logo

नेप्सेमा देव विकास बैंकको बोनसपछिको शेयरमूल्य समायोजन

    1124   पटक पढिएको

८ असार / अर्थ र व्यापार - नेप्सेमा देव विकाश बैंक शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोजसँगै आइतबार शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनस पश्चात १३८ रुपैयाँ ३९ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । समायोजित शेयरमूल्यलाई आधार मानेर बैंकको आइतबार बैंकको शेयर कारोबार खुलेको छ । 

समायोजित शेयरमूल्यपछि बैंकको शेयर तीन रुपैयाँले बढेको छ । बैंकको गत १ सय ८० दिनको कारोबार अनुसार उसको औसत आधारमूल्य १५६ रुपैयाँ ५४ पैसा कायम भएको छ । बैंकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार ६ गते शेयरधनीदर्ता किताबबन्द गरेको थियो। बुकक्लोजसँगै आइतबार कम्पनीको शेयरमुल्य समायोजन भएको हो ।देवः विकास बैंकले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश र वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार बाह्रों वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।