logo

देव विकास बैंकले २८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाए

    1368   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – देव विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खुद नाफालाई दोब्बर बनाएको छ । ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि गर्नुका साथै निस्क्रिय कर्जा घटाएपछि बैंकले राम्रो प्रगति गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख खुद नाफा कमाएको थियो । देवले निष्कृय कर्जा अनुपात समेत उल्लेखनिय रुपमा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ३.९९ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधिमा १.२४ प्रतिशतमा झारेको छ ।

यस अधिसम्म बैंकले १० अर्ब ४१ करोड निक्षेप संकलन गरि ९ अर्ब ५७ करोड रुपैँया कर्जा लगानी गरेको छ । बैंकले यसअवधिमा एक अर्ब बढी व्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्ष १४ प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद बिक्री र युनियन फाइनान्सलाई खरिद गरेर पूँजी बढाएको देवको हाल चुक्तापूँजी एक अर्ब ४४ करोड पुगेको छ भने जगेडाकोषमा ४७ करोड  छ । बैंकको प्रतिसेयर आम्दानी बार्षिक २० रुपैयाँ ०३ पैसा पुगेको छ ।

त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक सय ३२ रुपैयाँ ९७ पैसा र मुल्य आम्दानी अनुपात १२ दशमलव ९३ गुणा रहेको छ । बैंकले सहारा र  साझा विकास बैंकलार्ई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । प्रस्तावित संस्था प्राप्ति पछि ४० प्रतिशत हकप्रद शेयर जारी गरेर बैंकले आफ्नो चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुयाउन लागेको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।