२६ असार / अर्थ र व्यापार – एनएमबि बैंकले आफ्नो ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले थाइल्यान्ड स्थित समितिभेज अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब एनएमबि बैंकका ग्राहकहरुले समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशतको (५५) छुट पाउने भएका छन् ।
बैंकले समितिभेज अस्पतालका नेपाल स्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. सँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको हो । यस सम्झौता बमोजिम यस बैंकका अन्तर्रा्ष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. बाट अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिती मिलाउनको साथै उपचार खर्चमा समेत ५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने छ ।
तपाईको प्रतिक्रिया