२ साउन / अर्थ र व्यापार – नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष पाँच करोड ६५ लाख ९५ हजार सञ्चालन मुनाफा गरेको छ । एक वर्षमा नै बैंकले नाफा २५२ प्रतिशतले बढाएको हो ।रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत बैंकले २२ हजार ४१२ निक्षेपकर्ताबाट पैसा उठाएको छ । बैंकले ११ सय ३० जनालाई ऋण दिएको छ ।
चुक्ता पूँजी २२ करोड २ लाख रुपैयाँ रहेको बैंकसँग एक अर्ब ७६ करोड निक्षेप र एक अर्ब ५६ करोड ऋण लगानी छ । बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन बैंकले १२० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ ।
बैंकले बाँकी अपुग पूँजी गत आर्थिक वर्षको नाफा र पोहोर बिक्री नभएको हकप्रद लिलामी गर्दा आएको प्रिमियमबाट आर्जित रकमलाई बोनस सेयरका रुपमा वितरण गर्ने छ ।
तपाईको प्रतिक्रिया