logo

दोश्रो त्रैमासमा वाणिज्य बैंकको राम्रो सुरुवात हुन सकेन, ५ मध्ये ३ बैंकको नाफा घट्यो

    1314   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - माघ १५ गते सम्म ५ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, सानिमा र नेपाल बैंक रहेका छन्।

पाँच वाणिज्य बैंक मध्ये एनआईसी एसिया बैंकले खुद नाफा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने सानिमा बैंकले खुद नाफा १६ दशमलव ८४ प्रतिशत वृद्धि  गर्न सफल भएको छ।  एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद मुनाफा गरेको छ भने सानिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ।

सिद्धार्थ बैंक, सिटिजन्स बैंक र नेपाल बैंकको खुद मुनाफा भने घटेको छ। सिद्धार्थ बैंकको खुद मुनाफा ४ दशमलव ०१ प्रतिशतले घट्दै १ अर्ब २ करोड पुगेको छ भने सिटिजन्स बैंकको खुद मुनाफा १० दशमलव ७३ प्रतिशतले घट्दै ६८ करोड ७७ लाख पुगेको छ। त्यस्तै नेपाल बैंकको पनि खुद मुनाफा १८ दशमलव ६० प्रतिशतले घटेको छ। नेपाल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ३५ करोड खुद मुनाफा गरेको छ।

त्यस्तै एनआईसी एसिया बैंक र सानिमा बैंकको प्रति शेयर आम्दानी क्रमशस् २१ दशमलव २७ र ६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने सिटिजन्स बैंक र सिद्धार्थ बैंकको प्रति शेयर आम्दानी क्रमशस् १३ दशमलव ३३ र १२ दशमलव ८४ प्रतिशतले घटेको छ। नेपाल बैंकको पनि प्रति शेयर आम्दानी पनि १८ दशमलव ६० घटेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।