logo

सिद्धार्थ र जनता बैंकको एकिकृत कारोबार सुरु

    1302   पटक पढिएको

३० असार / अर्थ र व्यापार – सिद्धार्थ डेभलपमेन्ट बैंक अक्वायर गरेपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् । एक्वायरपछि जनता बैंकको शाखा सञ्जाल ११३ वटा पुगेको छ ।

बैंकको निक्षेप ५० अर्ब पुगेको छ भने कर्जा ४५ अर्ब रहेको छ । ७ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले आगामी बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने छ । वाणिज्य बैंक तर्फ सबै भन्दा धेरै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बैंकका रुपमा जनता बैंक स्थापित भैसकेको छ ।

बैंकमा कर्मचारीको संख्या एक हजार पुगेको छ । बैंकको शाखा विस्तार नभएका १४ जिल्लाका १५ स्थानीय तहमा बैंकले शाखा विस्तार गर्ने तयारी गरेकोे छ । सबै जनतामा पुग्ने लक्ष्य अनुसार जनता बैंकले न्युनतम शुल्कमा छिटो छरिटो र विश्वनिय सेवा प्रदान गर्नेछ । २८ वटा बाणिज्य बैंकहरुबिचको प्रतिष्पर्धामा जनता बैंक अब्बल हुने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।