logo

गण्डकी र फेवा विकास बैकको एकिकृत कारोबार सुरु

    1403   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – पोखरामा स्थापित फेवा विकास बैक र गण्डकी विकास बैक एक आपसमा मर्ज भएर गण्डकी विकास बैकको नामबाट सञ्चालनमा आएको छ । एकिकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भौतिक रुपमा उपस्थित नभएपनि प्रविधिको माध्यमबाट बैकको उद्घाटन गरेका छन् ।

कार्यक्रमका विशेष अतिथिको रुपमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जि.सिले बैक परिवारलाई सफलताको शुभकामना दिए । मर्जरपछि बैकको कुल चुक्तापूँजी रु. १ अर्ब ८४ करोड र निक्षेप रु. १८ अर्ब २३ करोड पुगेको छ । त्यस्तै, कर्जा रु. १६ अर्ब ४७ करोड पुगेको छ भने ग्राहक संख्या २ लाख पचास हजार र कर्मचारी ४ सय जना भएको छ । बैंकको शाखा संख्या ५० र एटिएमको संख्या २१ पुगेको छ ।

मर्जरपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापाले जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्यक्रममा साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षता रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।