२२ मंसिर/अर्थ र व्यापार– सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएपछि यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले सम्पूर्ण राजश्व तथा दस्तुरहरु बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै भुक्तनी गर्न सक्नेछन् ।
करिब पाँच लाखभन्दा बढी ग्राहक रहेको बैंकका ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर संचालनमा छन् । बैंकले ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
तपाईको प्रतिक्रिया