१३ पुस / अर्थ र व्यापार - काठमाडौं। सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भुल्भुले र राइनासमा शाखा खोलेको हो। अब बैंकको शाखा संख्या ५५ पुगेको छ ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । राष्ट्र बैंकको स्थानीयस्तरमा बित्तीय पहुँच पुर्याउने नितीलाई पच्छ्याउँदै शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया