logo

सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1373   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - सिभिल बैंकद्वारा निष्कासित दुई आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने बैशाख ९ गते सोमबार अन्तिम दिन रहेको छ । बैंकले बैशाख २७ गते शुक्रबार आह्वान गरेको सातौ र आठौ साधारण सभाबाट आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ को लाभांश पारित गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख १० गते मंगलबारदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार बैंकको साधारणसभामा भाग लिन र लाभांश पाउन बैशाख ९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । साधारणसभाले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस शेयर तथा ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै आर्थिक बर्ष ७४र७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । मर्जर र एक्विजिसनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ । त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने छ । बैंकले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्बसाधारणका तर्फबाट ३ जना गरी ६ जना संचालक निर्वाचन समेत गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख छ प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब नाघ्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।