logo

सिभिल बैंकको नाफा मात्र २ प्रतिशतले बढ्यो

    1329   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सिभिल बैंकको नाफा २ प्रतिशतले बढेर ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ३३ करोड १४ लाख रहेको थियो । यससँगै वित्तीय विवरण प्रकाशित गरेका २७ मध्ये २२ बैंकको नाफा अर्बमाथि पुगेको छ । कुल २४ बैंकको नाफामा भने करिब २६ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ८२ करोड पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी करिब १३ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ११ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ९ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको ४३ करोड फिर्ता ल्याएको छ । यसपटकसम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ६७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.०५ प्रतिशत रहेको छ भने प्रावधान १ सय ११ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेर यो दर ५ प्रतिशतमा सिमित भएको छ । बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि लगभग ५ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा यो दर बढ्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ६.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २८ रुपैयाँ रहेको छ ।

बैंकको सञ्चिती १ अर्ब ४९ करोड रहेको छ । बैंकको निक्षेप संकलन ८ प्रतिशतले बढेर ३४ अर्ब र कर्जा लगानी १४ प्रतिशतले बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.७३ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.५९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १९.४५ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ४ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा १४ अर्ब र सेयर धितोमा कर्जा १३ करोड लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।