२७ चैत्र /अर्थ र व्यापार - सिभिल बैंकले म्यानमारको बैंकमा काम गरिरहेका बैंकर सुनिल पोखरेललाई डेपुटी सीइओमा नियुक्ति गर्ने भएको छ । सर्ट लिस्टमा परेका प्रत्यासीहरुसँग बैंक सञ्चालक समितिले अन्तिम अन्तर्वार्ता गरिसकेको छ ।
अन्तर्वार्तापछि एशिया ग्रीन डेभलपमेन्ट बैंक (एजीडी) मा रिटेल बैंकिङ प्रमुखको रुपमा कार्यरत पोखरेललाई नियुक्ति गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाइएको बैंकका एक सञ्चालकले जानकारी दिए ।
बैंकको डेपुटी सीइओमा कार्यरत सुजित शाक्य जनता बैंकको डेपुटी सीइओ बनेर गएपछि रिक्त रहेको पदमा पोखरेललाई ल्याउन लागिएको हो । बिराटनर स्थायी घर भएका पोखरेलसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० वर्ष, एनआइसी एशिया बैंकमा ५ वर्ष र म्यानमारको बैंकमा काम गरेको अनुभव छ । एनआइसी एशिया बैंकमा पोखरेलले रिटेल बैंकिङ हेर्थे भने चिफ म्यानेजरको रुपमा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया