२३ असार / अर्थ र व्यापार - सिभिल बैंकले सिराहाको धनगढीमाईमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गरेका थिए ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया