११ असार / अर्थ र व्यापार - सिभिल बैंकद्वारा दाङको लालमटीयामा नयाँ शाखा बिस्तार गरिएको छ । उक्त शाखाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । लालमटीया शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया