२० असार/अर्थ र व्यापार– सिभिल बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले यही असार १८ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिृकतमा नियुक्त गरेको हो । यसअघि पोखरेल दुई वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
गएको शुक्रबारदेखि सीईओको पद सम्हालेका पोखरेलसंग बैंकिङ क्षेत्रमा २४ वर्ष काम गरेको अनुभव छ ।
नवनियुक्त सीईओ पोखरेलले डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुने बताए ।
तपाईको प्रतिक्रिया