८ असार / अर्थ र व्यापार - सिभिल बैंकले संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १ लाख ४९ हजार ८९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।
असार २२ गतेसम्म सोे शेयरमा संस्थापक शेयरधनीलगायत अन्य व्यक्ति तथा संघसंस्थाले आवेदन दिन पाउनेछन् । शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । शेयरको न्यूनतम मूल्य १ सय तोकिएको छ ।
तपाईको प्रतिक्रिया