logo

सिभिल लघुवित्तले शेयरधनीलाई हकप्रद शेयर बिक्री गर्ने

    1113   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार - सिभिल लघुवित्त (CLBSL) ले शेयरधनीलाई चुक्ता पूँजी बराबर (शतप्रतिशत) हकप्रद शेयर बिक्री गर्ने भएको छ । लघुवित्तको पुस ६ गते बसेको सञ्चालक समितिको बैंठकले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

लघुवित्तले पुस २९ गते हुने सातौं वार्षिक साधारण सभामा हकप्रद निष्काशन सम्बन्धी विशेष प्रस्ताव लैजाने भएको हो । गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको चार प्रतिशत बोनस शेयर पश्चात लघुवित्तको ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्नेछ । यहि पूँजी बराबर नै लघुवित्तले हकप्रद निष्काशन गरेको हो । प्रस्तावित हकप्रदपछि लघुवित्तको चुक्त्ता पूँजी  २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

साधारण सभाले  ४ प्रतिशत बोनस शेयर र बोनसको कर सहित  ३.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड त्रिपुरेश्वरमा डाकेको साधारण सभाका लागि कम्पनीले पुस २० गते बुकक्लोज गदैछ । यसअनुसार पुस १९ गतेसम्म कायम हुने शेयरधनीले मात्र लघुवित्तको ४ प्रतिशत बोनस पाउनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८२ लाख २८ हजार रुपैयाँ  चुक्त्ता पूँजी रहेको लघुवित्तले २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३ पैसा कायम गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।