logo

सिभिल बैंकले दोस्रो त्रैमासमा ब्यापार बढायो, नाफा १५ प्रतिशतले घट्यो

    1089   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार - सिभिल बैंकले चालु वर्ष शाखा विस्तार र कर्मचारी भर्ना लगायतमा खर्च बढाएका कारण नाफा १४.७५ प्रतिशत घटेको छ। बैंकको चालु वर्षको पुससम्म खुद नाफा ३१ करोड ६२ लाख रुपैयाँ छ।

कात्तिकदेखि पुससम्मको मात्र हिसाब गर्दा नाफा साढे सात प्रतिशतले घटेको छ। अर्थात यसपाली बैंकले पछिल्लो तीन महिनामा १५ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले खराब कर्जाको मात्रा घटाउँदै पछिल्लो तीन महिना निक्षेप र ऋण विस्तारमा गति दिएको छ। कात्तिकदेखि पुससम्म निक्षेप ४ अर्ब ८२ करोडले बढेर ४७ अर्ब ७४ करोड पुगेको छ। यो सर्वसाधारणसँग उठाएको निक्षेप हो। ऋण पनि ३ अर्ब ५७ करोडले बढाएर ४७ अर्ब ७६ करोड रुपैयाँ र्पुयाएको छ। 
पछिल्लो ६ महिनामा निक्षेप ५ अर्ब ७४ करोडले बढ्दा ऋण ५ अर्ब ६ करोड रुपैयाँले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले वृद्धि भएको छ। 

बैंकको खराब ऋण अनुपात ३.५४ प्रतिशतबाट २.६९ प्रतिशतमा झरेको छ। स्प्रेड ३.३२ बाट ४.९ प्रतिशतमा उक्लिएको छ भने आधार दर ११.३१ बाट १०.९८ प्रतिशतमा झरेको छ। 

तुलनात्मक रूपमा नाफा घट्ने भएपछि बैंकले सोमबार पत्रकारहरुसँग अनौपचारिक कुराकानी गरेको थियो। त्यहाँ किन नाफा घट्यो भनेर डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले प्रष्ट्याएका थिए। उनले एटिएम, शाखा र कर्मचारी भर्नाले खर्च बढेकाले नाफा घटेको जानकारी दिएका थिए।

केन्द्रीय कार्यालयमा भएको भेटघाटमा प्रमुख कार्यकारी अधिकृत भने ’ब्यस्तता’ को कारण देखाउँदै उपस्थित भएनन्। पछिल्लो समय प्रमुख कार्यकारी गोविन्द गुरुङले बैंकबाट राजीनामा गरिसकेको चर्चा छ। यद्यपि उनले यस बारेमा पुष्टी गरेका छैनन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।